टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त

<p>काठमाडाैं । टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । उनकाे कार्यकाल दुई वर्षकाे रहनेछ । दास अस्पतालकाे काेभिड व्यवस्थापन समितीका संयाेजक पनि हुन् । अस्पतालमा उपनिर्देशकको दुईजना रहने नियम रहेकाे छ । यसअघि एक पदमा प्राडा सुवास आर्चाय नियुक्त भइसकेका [&hellip;]</p>

काठमाडाैं । टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

उनकाे कार्यकाल दुई वर्षकाे रहनेछ । दास अस्पतालकाे काेभिड व्यवस्थापन समितीका संयाेजक पनि हुन् ।

अस्पतालमा उपनिर्देशकको दुईजना रहने नियम रहेकाे छ । यसअघि एक पदमा प्राडा सुवास आर्चाय नियुक्त भइसकेका छन् ।

Share News