शुक्रबार ३ हजार ४५१ जनाले जिते कोरोना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण मुक्त भएका हुन । हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण मुक्त भएका हुन ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा १०ह जार ५९६ जनाको नमुना परीक्षण गर्दा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।

Share News