काठमाडौं । नेपालमै नेशनल हेल्थ केयरले उत्पादन गरिरहेको रेमडिसिभिर औषधीले बजारमा बिक्रि वितरण गर्ने अनुमति पाएको छ । कम्पनीले उत्पादन गरिरहेको यस औषधीले असार १३ गते अर्थात आइतबार बिक्रि वितरण गर्ने अनुमति पाएको हो ।
कम्पनीले गएको बैशाख ३१ गते यसको उत्पादन अनुमति पाएको थियो । यसको प्रति भायल अधिकतम खुद्रा मूल्य कम्पनीले ३५०० तोकेको छ ।
यसको ब्राणड नेम रेमसिभिर रहेको छ भने यस औषधि नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ओटिभाबाट नेपालभरी ओटिभा डिभिजनका डिस्ट्रिब्युटर्स मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ।