कारोनाविरुद्ध लड्न इटाली सरकारले पठायाे विभिन्न स्वास्थ्य उपकरण तथा  सामग्री

<p>काठमाडाैं । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री आज शुक्रबार बिहानै नेपाल आइपुगेको हाे । इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य [&hellip;]</p>

काठमाडाैं । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री आज शुक्रबार बिहानै नेपाल आइपुगेको हाे ।

इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ ।

‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा रहेको छ, यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह-आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ, युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो, पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ,’ नेपालका लागि इटालीका राजदूत महामहिम भिन्सेन्जो डि लुकाले भने ।

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन् ।

Share News