काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई भिन्न खोप प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयमा आफुहरुले कुनै पनि प्रकारको धारणा व्यक्त नगरेको जनाएको छ ।
सगठनले एक विज्ञप्ति जारी गर्दै कोभिड शिल्ड लगाएकाहरुलाई दोस्रो मात्र भेरो सेल लगाउँदा थप प्रभावकारी हुने धारणा व्यक्त नगरेको जनाएको हो ।
संगठनले यस विषयमा अध्यनहरु भइरहेको तर यकिन भनेर भन्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ । यसको निष्कर्षमा पुग्न पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको संगठनले जनाएको छ ।