अब निजी अस्पतालमा कोभिडको उपचार खर्च सरकारले नबेहोर्ने

<p>काठमाडौं । निजी अस्पतालमा कोभिड संक्रमितको उपचार अब सम्बन्धित विरामीले नै बेहोनुपर्ने भएको छ । यसअघि सरकारी तथा निजी अस्पतालको उपचार खर्च सरकारले बेहोर्ने गरेकोमा अब उक्त खर्च सम्बन्धित बिरामीले नै गर्नुपर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निजी अस्पतालमा उपचार शुल्क लाग्ने जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा&#x200d;. [&hellip;]</p>

काठमाडौं । निजी अस्पतालमा कोभिड संक्रमितको उपचार अब सम्बन्धित विरामीले नै बेहोनुपर्ने भएको छ । यसअघि सरकारी तथा निजी अस्पतालको उपचार खर्च सरकारले बेहोर्ने गरेकोमा अब उक्त खर्च सम्बन्धित बिरामीले नै गर्नुपर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निजी अस्पतालमा उपचार शुल्क लाग्ने जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च आगामी असार १८ गतेसम्म मात्र बेहोर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको बताएका छन् ।

सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो निर्णय भएको हो ।

सूचना अनुसार सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरिएको छ ।

यस्तै, मन्त्रालयले सम्पूर्ण निजी अस्पतालहरूलाई नेपाल सरकारले तोकेको दर रेटभन्दा वढी शुल्क नलिई सेवा प्रवाह गर्न आग्रह गर्दै अन्यथा भए कारवाही हुने जनाएको छ ।

Share News