साेमबार ३ हजार १३० जनाले जिते काेराेना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार १३० जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ५८४ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार १३० जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ५८४ जना र एन्टीजेटमाफर्त ७१३ जना संक्रमित पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ७७२ पुगेको छ ।

मन्त्रालयकाे अनुसार पछिल्लाे समय देशभरी संक्रमण दर घट्दै छ ।

Share News