कर्णाली प्रदेश सरकारले सहिद परिवारलाई स्नातक तहसम्म नि:शुल्क पठाउने

<p>काठमाडौं । कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क पढाउने भएको छ । प्रदेश सरकारको आगामी आव ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए । यस्तै प्रदेश सरकारले विद्यालय क्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय [&hellip;]</p>

काठमाडौं । कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क पढाउने भएको छ । प्रदेश सरकारको आगामी आव ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए ।

यस्तै प्रदेश सरकारले विद्यालय क्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्ने भएको छ । जसका लागि ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

Share News