आइसोलेसन सेन्टरमा श्यया थप, क्षमता बिस्तार गरी ९० श्यया बनाउने योजना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोगमा युवाको सक्रियतामा शुरवात भएको कामपा– ९ स्थित शारदा माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा २० श्यया थप गरिएको छ । मातृका आँखा केन्द्रको व्यवस्थापन तथा स्थानीय सामाजिक संस्थाहरु विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामंगल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन, नव न्यानो फाउण्डेशनका युुवाको सक्रियतामा विद्यालयमा कोभिड–१९ बाट प्रभावित बिरामीका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोगमा युवाको सक्रियतामा शुरवात भएको कामपा– ९ स्थित शारदा माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा २० श्यया थप गरिएको छ ।

मातृका आँखा केन्द्रको व्यवस्थापन तथा स्थानीय सामाजिक संस्थाहरु विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामंगल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन, नव न्यानो फाउण्डेशनका युुवाको सक्रियतामा विद्यालयमा कोभिड–१९ बाट प्रभावित बिरामीका लागि यही जेठ १० देखि सञ्चालनमा आएको १५ श्ययाको अक्सिजन सहितको आइसोलेसन सेन्टरमा आइतबारदेखि २० श्यया थप गरी ३५ श्ययाको बनाइएको हो ।

कोरोना सङ्क्रमण देखिएका तथा चिकित्सकबाट होम आइसोलेशनमा बसी उपचार गर्न सिफारिस गरिएका बिरामीका लागि निःशुल्क रुपमा सेवा दिने उद्देश्यले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल ३५ शथ्याबाट सेवा दिइरहेको सेन्टरले बिरामीको चाप बढेसँगै यसको क्षमता बिस्तार गरी ९० श्ययासम्म बनाउने योजना रहेको मातृका आँखा केन्द्रका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

उक्त सेन्टरमा रहेका बिरामीलाई २४ सै घण्टा दुई जना चिकित्सक र तीन जना नर्सको निगरानीमा रहने व्यवस्था मिलाइएको छ । सेन्टरमा पाँच थान अक्सिजन कन्सन्टे«टर यन्त्रका साथै १८ वटा अक्सिजन सिलिन्डर व्यवस्था गरिएको छ ।

सेवा प्राप्त गर्नको लागि बिरामीले सिधै सेन्टरमा आएर वा टेलिफोन नं ९८६१२३०००९ मार्फत् सम्पर्क गर्न सकिनेछ । सेन्टरले बिरामीको दैनिक स्वास्थ्य जाँच, स्वास्थ्यकर्मीको परामर्श अनुसारको औषधी, पोषणयुक्त खाना–खाजा, फलपूmल, योग अभ्यास लगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सेन्टरको परिचालन र व्यवस्थापनको लागि दैनिक १० जना स्वयम् सेवक खटिएका छन् । यो समूहले खाना पकाउने, सरसफाइ, दैनिक प्रशासकीय लगायत काम गर्दै आएको छ ।

सेन्टरमा विभिन्न सङ्घ–संस्था स्थानीय व्यक्तिबाट समेत सहयोग प्राप्त भइरहेको आइसोलेसन केन्द्रका संयोजक सन्तोष नेपालले जानकारी दिए । उनका अनुार सेन्टरबाट हालसम्म २५ जना पुरुष र तीन महिला गरी २८ जनाले सेवा लिइसकेका छन् ।

तीमध्ये १५ जना बिरामी उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । साथै सेन्टरले तीन जना बिरामीलाई अन्य अस्पतालमा रिफर गरेको छ । हाल नौ जना पुरुष र एक महिला गरी १० बिरामीको उपचाररत छन्

Share News