काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५ हजार १४७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमाफर्त ८६९ जना संक्रमित पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ४६५ पुगेको छ ।