काठमाडाैं महानगरले राेकेकाे खाेप अभियान भाेलिदेखि पुन:संचालन हुँदैं, ४ वटा अस्पताल ताेकियाे

<p>काठमाडाैं । काठमाडाैं महानगकाे राेकिएकाे खाेप अभियान भाेली (जेठ ३१ गते) देखि पुन: सुचारु हुने भएकाे छ । महानगरले ६० देखि ६४ वर्षकाे उमेर समूहकाे लागि संचालन गरेकाे खाेप अभियान लक्षित समूहभन्दा बाहिरकाले लगाएकाे पाएपछि शुक्रबार बन्द गरेकाे थियाे । महानगरले आज एक विज्ञप्ती जारी गर्दै जेठ ३१ र असार १ गते ६० र ६१ वर्षकाे [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं महानगकाे राेकिएकाे खाेप अभियान भाेली (जेठ ३१ गते) देखि पुन: सुचारु हुने भएकाे छ । महानगरले ६० देखि ६४ वर्षकाे उमेर समूहकाे लागि संचालन गरेकाे खाेप अभियान लक्षित समूहभन्दा बाहिरकाले लगाएकाे पाएपछि शुक्रबार बन्द गरेकाे थियाे ।

महानगरले आज एक विज्ञप्ती जारी गर्दै जेठ ३१ र असार १ गते ६० र ६१ वर्षकाे उमेर समूहलाई लगाइने खाेल जनाएकाे छ । महानगरका अनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ।

खोप कार्यक्रम विहान १० देखि ४ बजेसम्म जारी रहने छ। खोप लिनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ ।

 

 

 

 

 

Share News