बाढी पहिरोको अनुगमन तथा उद्धारका लागि टोली गठन

<p>काठमाडौं, ८ असार । वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिचाई मन्त्रालयले सात सदस्यीय अनुगमन टोली गठन गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए । देशैभरि आएको बाढी पहिरोको बारेमा [&hellip;]</p>

काठमाडौं, ८ असार । वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिचाई मन्त्रालयले सात सदस्यीय अनुगमन टोली गठन गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए ।
flood
देशैभरि आएको बाढी पहिरोको बारेमा छलफल गर्न मन्त्री यादवले मन्त्रालयमा सचिव गजेन्द्र ठाकुर, सिचाई विभागका महानिर्देशक रमानन्द यादव, जल उत्पन्न विभागका निरञ्जन देव पाण्डेलाई बोलाएर सो टोली गठन गरेका हुन् ।

साथै, जिल्लाका डिभिजन कार्यालयहरुलाई पनि बाढी पहिरोको अनुगमन गरी केन्द्रमा रिर्पोट गर्न निर्देशन दिएको छ । यसपालीको वर्षाले झापा, मोरगं, सुनसरीमा आएको बाढीले धनजनको क्षति गरिसकेको छ ।

Share News