मंगलबार ६ हजार ५७० जनाले जिते काेराेना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ५७० जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ५७० जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमाफर्त १ हजार २८३ जना संक्रमित पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १०८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ९८ पुगेको छ ।

Share News