उपत्यकाबाहिर ६२ देखि ६४ वर्षकालाई मात्र खाेप लगाइने

<p>काठमाडाैं । आजदेखि सरकारकाे ६० देखि ६४ वर्षकाे लागि खाेप अभियान सुरु भएकाे छ । सरकारले व्यापक रुपमा ६० देखि ६४ वर्षकाे लागि भनेर चर्चा गरेकाे यस अभियान उपत्यकाबाहिर भने ६२ देखि ६४ वर्षकाे लागि मात्र लगाउने सरकारले निर्णय गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उपत्यकाबाहिर भने ६२ देखि [&hellip;]</p>

काठमाडाैं । आजदेखि सरकारकाे ६० देखि ६४ वर्षकाे लागि खाेप अभियान सुरु भएकाे छ । सरकारले व्यापक रुपमा ६० देखि ६४ वर्षकाे लागि भनेर चर्चा गरेकाे यस अभियान उपत्यकाबाहिर भने ६२ देखि ६४ वर्षकाे लागि मात्र लगाउने सरकारले निर्णय गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उपत्यकाबाहिर भने ६२ देखि ६४ वर्षकाे लागि मात्र खाेप लगाइने जनाएकाे छ ।

यद्यपी काठमाडाैंकाे ३ जिल्लामा भने ६० देखि ६४ वर्षकाे लागि नै सरकारले खाेप लगाउने निर्णय गरेकाे छ । याे खाेप अभियान ५ दिन अर्थात जेठ २९ गतेसम्म देशैभर संचालन हुनेछ ।

चीनले अनुदान स्वरुप दिएकाे १० लाख डाेज भेराे सेल खाेप सरकारले ६० देखि ६४ वर्षकालाई लगाउने निर्णय गरेकाे हाे ।

Share News