काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १७ हजार ९०३ जनाको परिक्षण गर्दा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ६ हजार ९५१ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म ८४.२ प्रतिशत अर्थात ४ लाख ९७ हजार ९६० जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।