काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले हरेक दिन आफ्नाे अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन् ।
मन्त्री तामाङले भाेलीलाई कामहरु थाती नराखी आज नै अन्तिम दिन सम्झेर काम गर्ने बताएका हुन् । उनले स्वास्थ्य मन्त्रालयले सबै कामहरु पारदर्शिता हुने पनि बताए ।
पारदर्शिता कायम गर्नकाे लागि मन्त्री तामाङले आफ्नाे सम्पत्ति सार्वजिनक गर्ने निर्णय गर्ने जानकारी दिएका छन् ।