मंगलबारबाट काठमाडाैं महानगरमा ६० देखि ६४ वर्षका उमेर समूहलाई खाेप लगाइने

<p>काठमाडाैं । मंगलबारबाट काठमाडाैं महानगरमा ६० देखि ६४ वर्षका उमेर समूहलाई खाेप लगाउने सुरु गरिने भएकाे छ । चिनियाँ सरकारले अनुदानमा दिएकाे भेराे सेल खाेप सरकारले मंगलबारदेखि लगाउने निर्णय गरेकाे हाे । महानगरले उक्त खाेप अभियान ५ दिन संचालन गर्ने निर्णय गरेकाे छ । भिडभाड कम गर्नकाे लागि महानगरले प्रत्येक उमेरकाे लागि खाेप लगाउने दिन ताेकेकाे जिल्ला [&hellip;]</p>

काठमाडाैं । मंगलबारबाट काठमाडाैं महानगरमा ६० देखि ६४ वर्षका उमेर समूहलाई खाेप लगाउने सुरु गरिने भएकाे छ । चिनियाँ सरकारले अनुदानमा दिएकाे भेराे सेल खाेप सरकारले मंगलबारदेखि लगाउने निर्णय गरेकाे हाे ।

महानगरले उक्त खाेप अभियान ५ दिन संचालन गर्ने निर्णय गरेकाे छ । भिडभाड कम गर्नकाे लागि महानगरले प्रत्येक उमेरकाे लागि खाेप लगाउने दिन ताेकेकाे जिल्ला स्वास्थ्य कार्यलय काठमाडाैंकी फाेकल पर्सन रुपा बुढाथाेकीले बताएकी छिन् ।

उनकाे अनुसार जेठ २५ गते ६४ वर्ष, जेठ २६ गते ६३ वर्ष, जेठ २७ गते ६२, जेठ २८ गते ६१ र जेठ २९ गते ६० वर्षकाे लागि खाेप लगाइनेछ ।

यद्यपी ताेकिएकाे दिन खाेप लगाउन छुटेमा अभियानकाे समय अवधीभरमा खाेप लगाउन सकिने बुढाथाेकीले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाेप लगाउनकाे लागि नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकार कागज लिएर जानुपर्ने जनाएकाे छ ।

 

 

Share News