मिदासबाट प्याब्सन र एनप्याब्सनका कर्मचारीलाई १ महिना नि:शुल्क भिडियाे स्वास्थ्य परामर्श

<p>काठमाडौं । प्याब्सन र एनप्याब्सनका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरु घरमै बसेर डाक्टरसँग एक महिनाको निशुल्क भिडियो काउन्सिलिङ सेवा पाउने भएका छन् । दुई संस्थाले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्ना कर्मचारीहरुको लागि यस्तो सेवा ल्याएको जनाएको छ । कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा [&hellip;]</p>

काठमाडौं । प्याब्सन र एनप्याब्सनका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरु घरमै बसेर डाक्टरसँग एक महिनाको निशुल्क भिडियो काउन्सिलिङ सेवा पाउने भएका छन् । दुई संस्थाले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्ना कर्मचारीहरुको लागि यस्तो सेवा ल्याएको जनाएको छ ।

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न मिदासले मेराे डाक्टर भिडियाे सेवा सुरु गरेकाे छ ।

मिदास टेक्नोलोजीजले सञ्चालनमा ल्याएको मेरो डाक्टर मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन् ।

बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नछन् ।

मेराे डाक्टरबाट सेवा कसरी लिने ?

१। बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसीन सेवा लिन सक्नुहुनेछ ।
२ । यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट मेरो डाक्टर‘ एप डाउनलोड गर्न सकिन्छ ।
३ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ ।
४ । ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा http://www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ ।
५ । मेराे डाक्टर कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा http://www.merodoctor.com/help ले तपाईँलाई थप मद्दत गर्नेछ । तपाईँहरूको सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।

Share News