
फाइल फाेटाे
काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षले स्वास्थ्यचौकी भवन निर्माणको लागि साढे ३ रोपनी जग्गा निःशुल्क दिएका छन् । वडा नं. ३ का वडाध्यक्ष तेजेकान्त अर्यालले स्वास्थ्यचौकी भवन निर्माणको लागि निःशुल्क जग्गा दिएका हुन् ।
अर्याले केही समय अगाडी स्वास्थ्याचौकी भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालयलाई जग्गा दिएका थिए । उनका अनुसार जग्गाको लालपुर्जा स्वास्थ्य मन्त्रालयको नाममा भई हाल उक्त जग्गामा अस्पतालको भवन निर्माण काम भई रहेको छ ।
भवन निर्माणका लागि अहिले घडेरी निर्माणको काम भइरहेको छ । भवन निर्माण समितिले काम गरी रहेको पनि आर्यले जनाए । भवन निर्माणको लागि सुरु चरणमा अर्थ मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेट आएको पनि अर्यालले जानकारी दिए ।
स्वास्थ्यचौकी भवन निर्माणको लागि लालपुर्जा भएको जग्गा चाहिने र जग्गा किन्नको लागि वडामा रकम नभएको कारण निःशुल्क जग्गा दिएको उनको भनाई छ ।
यो स्वास्थ्य भवन बनेपछि नागरिकको स्वास्थ्य क्षेत्रलाई थप सुविधा सम्पन्न र नजिक बनाउन जग्गा उपलब्ध गराएको वडाध्यक्ष अर्यालले बताए ।