वीर अस्पतालको सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु

<p>काठमाडाैं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार गर्न सुरु गरिएकाे छ । नयाँ भवनमा मंगलबारदेखि बिरामी भर्ना गरेर उपचार सुरु गरिएकाे कोरोना युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमले जानकारी दिए । गाैतमकाे अनुसार नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको छ र छिटै १०० शय्या संचालनमा ल्याइने तयारी भइरहेकाे छ । कोरोना संक्रमितको चाप बढ्दै गएपछि [&hellip;]</p>

काठमाडाैं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार गर्न सुरु गरिएकाे छ । नयाँ भवनमा मंगलबारदेखि बिरामी भर्ना गरेर उपचार सुरु गरिएकाे कोरोना युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमले जानकारी दिए ।

गाैतमकाे अनुसार नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको छ र छिटै १०० शय्या संचालनमा ल्याइने तयारी भइरहेकाे छ ।

कोरोना संक्रमितको चाप बढ्दै गएपछि सरकारले बैशाखमा वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना युनिफाइड अस्पतालको रुपमा घोषणा गरेको थियो ।

Share News