काठमाडौं । सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धकाे खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार चीनले अनुदान स्वरुप दिएको भेरो सेल खोप ६० देखि ६४ उमेरकालाई पहिलो डोज स्वरुप लगाउने निर्णय भएको हो ।
मन्त्रालयको अनुसार खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्नेछ ।
चीनले अनुदान स्वरुप दिएको १० लाख भेरो सेल खोप बुधबारसम्म नेपाल आइपुग्नेछ । मंगलबार नेपाल एयरलाइन्स मार्फत ८ लाख र हिमालयन एयरलाइन्स मार्फत ५० हजार डोज खोप नेपाल आइसकेको छ ।