७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

<p>काठमाडौं । सरकारले सबै अस्पताललाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारी, निजी र सामुदायिक सबै अस्पताललाई ७ दिनभित्रमा बिरामीको उपचारवापत लाग्ने रकम सार्वजनिक गर्न निर्देशन दिएको हो । यससँगै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अबको ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य [&hellip;]</p>

काठमाडौं । सरकारले सबै अस्पताललाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारी, निजी र सामुदायिक सबै अस्पताललाई ७ दिनभित्रमा बिरामीको उपचारवापत लाग्ने रकम सार्वजनिक गर्न निर्देशन दिएको हो ।

यससँगै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अबको ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची सबै आफ्नो वेवसाईट मार्फत सार्वजनिक गर्ने तथा सबैले देख्ने गरी सूचना पाटीमा राख्नु पर्ने छ । उक्त मूल्य सूची सञ्चालक समिति तथा बोर्ड तथा आधिकारिक निकायबाट निर्णय गराएर मात्र सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ ।

त्यस्तै, त्यसको जानकारी स्वास्थ संस्था सञ्चालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनु मन्त्रालयले आग्रह गरेको छ ।

Share News