मंगलबार ६ हजार ८९८ जनाले जिते काेराेना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ८९८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार २० हजार १६५ जनाको परिक्षण गर्दा सो मात्रामा [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ८९८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार २० हजार १६५ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केसहरू कूल ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ४५४ पुगेको छ ।

Share News