चीन सरकारले अनुदानमा दिएको खोप नेपाल आइपुग्यो

<p>काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार निगमको जहाजले मंगलबार दिउँसो साढे २ बजे चिनियाँ खोप ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख [&hellip;]</p>

काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार निगमको जहाजले मंगलबार दिउँसो साढे २ बजे चिनियाँ खोप ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

सोही अनुसार मंगलबार निगमको जहाजे ८ लाख डोज र हिमालय एयरलाइन्सले ५० हजार डोप खोप नेपाल ल्याइसकेका छन् । हिमालयले बाँकी रहेको खोप बुधबारसम्म ल्याइसक्ने जनाएको छ । हिमालयले २ लाख डोप खोप निशुल्क कार्गाे उडान गरी ल्याउने घोषणा गरिसकेको छ ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

Share News