काठमाडौं सिनामंगलकी ९३ वर्षिया वृद्धाले जितिन् कोरोना

<p>काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै [&hellip;]</p>

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् ।

कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको उनले बताए । उनले भने- ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटीबढी केही छैन ।’

‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’, उनले भनिन् । युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।

Share News