काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ४९१ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।
यससँगै नेपालमा ४ लाख ४७ हजार ४४६ जनाले कोरोनामुक्त भएका छन् । जुन कूल संक्रमितमध्ये ७९.७ प्रतिशत निको भएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ६६२ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार १७ हजार ४८० जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केशहरू कूल ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ३८६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ६ लाख ८९ हजार ५१६ जनाले दोश्रो चरणको खोप लगाएका छन् ।