एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न प्रस्ताव

<p>काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गराउने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको प्रस्ताव माथि छलफल गर्न सोमबार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को बैठकका उक्त प्रस्ताव लैजाने तयारी गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालका अनुसार आजको बैठकमा गत वर्षकै विधि अनुसार यस वर्ष पनि एसईई परीक्षा [&hellip;]</p>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गराउने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको प्रस्ताव माथि छलफल गर्न सोमबार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को बैठकका उक्त प्रस्ताव लैजाने तयारी गरेको हो ।

शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालका अनुसार आजको बैठकमा गत वर्षकै विधि अनुसार यस वर्ष पनि एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । मन्त्रालयमा आवश्यक छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने निर्णय भएको हो ।

कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो ।

बाेर्डले उक्त परीक्षा तत्काल सञ्चालन गर्न कोभिड–१९ का कारण सम्भव नभएको भन्दै साउन तथा भदौ महिनामा उपयुक्त समय भएको भन्दै मन्त्रालयमा सिफारिस गरिएको छ ।

शनिबार राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको मोडालिटी मन्त्रालयमा पेश गरेको थियो ।

परीक्षा स्थगित भएपछि एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी तयार पर्न एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको बुझाएको प्रतिवेदन माथि शनिबार राष्ट्रिय परीक्षा बोर्डमा छलफल गरिएको थियो ।

बोर्डले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो ।

दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यस्तै बोडले मन्त्रालयमा कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै गर्ने प्रस्ताव पेश गरेको थियो ।

Share News