काठमाडौं । संघय (केन्द्र) सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संविधानको व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते बजेट ल्याएको हो ।
बजेटमा सरकारले स्थानीय तहहरुलाई दिने बजेटको पनि व्यवस्था गरेको छ । अर्थमन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको लागि केन्द्र सरकारले स्थानीय तहहरुलाई २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख रुपैयाँ दिएको छ ।
केन्द्र सरकारले दिएको यो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी हो । प्रदेश सरकारहरुलाई भने केन्द्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ दिएको छ । प्रदेश र स्थानीय तह गरी केन्द्र सरकारले ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ बजेट अनुदान दिएको छ ।
अर्थमन्त्रालयका अनुसार महानगरपालिकाहरुको लागि १० अर्ब ९ करोड २८ लाख रुपैयाँ अनुदान दिइएको छ । अहिले देशभर ६ वटा महानगरपालिका छन् ।
यस्तै, उपमहानगरपालिकाहरुलाई ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाहरुलाई १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाहरुलाई १ खर्ब ३९ अर्ब १९ करोड २८ लाख रुपैयाँ बजेट दिइएको छ ।
कुन प्रदेश र कुन पालिकाको लागि केन्द्र सरकारले कति बजेट दिएको छ भन्ने विवरण
[pdf id=277285]