फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याईंदै, सातवटै प्रदेशमा स्थापना गर्ने तयारी

<p>काठमाडौं । कोभिड-१९ महामारीलाई सम्बोधन गर्न नागरिक समाज तथा निजी क्षेत्रका प्रतिष्ठित संघ/संस्थाहरुको अभियानद्वारा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर ल्याईंने भएकाे छ । कोभिड-१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा ल्याइएकाे उक्त अक्सिजन जेनेरेटर युनिट नेपालमा छिट्टै नै आइपुग्ने क्रममा छन् । अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन फाउन्डेशन, क्रिएसन, ह्युमानिटी [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । कोभिड-१९ महामारीलाई सम्बोधन गर्न नागरिक समाज तथा निजी क्षेत्रका प्रतिष्ठित संघ/संस्थाहरुको अभियानद्वारा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर ल्याईंने भएकाे छ । कोभिड-१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा ल्याइएकाे उक्त अक्सिजन जेनेरेटर युनिट नेपालमा छिट्टै नै आइपुग्ने क्रममा छन् ।

अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फोउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रा लिको संयुक्त सहकार्यमा र अन्य थुप्रै संघ-संस्थाहरुको सहयोगमा अक्सिजन संकटको चुनौतिलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यो कार्यको सुरुवात गरिएको हो । कोभिड-१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो ।

कोभिड-१९ को दोश्रो लहरलेगर्दा अघिल्लो एक हप्ता मै १०१० जना को ज्यान गएको छ । भाइरसको गम्भीरता त छँदै छ, धेरै बिरामीहरु अक्सिजनको अभावले गर्दा पनि उच्च जोखिममा छन्। यस्तो परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिंडर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ । कोभिड-१९को प्रकोप बढेकै कारण अवस्थित अक्सिजन जेनेरेटर पूरा प्रयोग मा आए तापनि अक्सिजनको अभाव अझै बढ्दो छ ।

एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । त्यसैले १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदान गरि जीवन रक्षा गर्ने तथ्यांक देखिन्छ ।

नोभिएरको को ई.एन. प्रिमिएम आर.एक्ष. २७० अक्सिजन जेनेरेटर, नेपालको सात वटै प्रदेशमा स्थापना गरिनेछ । जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ ।

अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरुले कोभिड-१९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ ।

अक्सिजन फर नेपाल, कोभिड-१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र बिदेशमा रहेका संघ-संस्था र नागरिकहरु एउटै छातामुनि भेला भएका छन् । यस अभियानका साझेदारहरुले तत्कालिन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्नेछन् ।

स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति भन्छन्,’ज्योती ग्रुप अन्तर्गत स्याकार ट्रेडिङ कम्पनी अक्सिजन फोर नेपालमा अरु एन. जी. ओ. र निजी कम्पनीसँग सन्लग्न भएर एस महामारीको बेलामा नेपाली जनतालाई राहत दिनको लागी १० वटा अक्सिजन प्लान्ट दिने भएका छौं । एस स्याकार ट्रेडिङ कम्पनीको सिद्धान्त मा बसेर हामी हाम्रो समुदाय,समाज र राष्ट्रको लागी परिआएको बेला सधै सहयोग गर्न प्रतिबद्ध छौं ।’

‘सानो सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । सरकारी निकायको मुख ताकेर किंकर्तव्यविमूढ बस्नुभन्दा नीजि साझेदारीमा ठोस परिवर्तनवाहक बन्न हामी हरेक सक्षम रहेछौ । सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले म सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सि–१९ आर ए टिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने ।

Share News