काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना संक्तमण भएर अस्पतालमा उपचाररत थापाको अवस्था गम्भीर रहेको बताइएको हो ।
विवेशशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमा अनुसार उनको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ, डाक्टरहरूले सकेको गरिरहेका छन, डाक्टरहरू र देश(विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ, उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला, प्रार्थनामा शक्ति हुन्छ ।’