कनकाई नगरपालिकाका मेयरको उदाहरणीय काम, ३ वर्षसम्मको तलब अक्सिजन प्लान्टमा

<p>काठमाडौं । झापाको कनकाई नगरपालिकाका मेयरले ३ वर्षसम्म पाएको पारिश्रमिक १० लाख रुपैयाँ रकम अक्सिजन प्लान्ट जडानको लागि सहयोग गरेका छन् । नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् । कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएपछि नगरमा सञ्चालित उनले पहिलो वर्षको पारिश्रमिक [&hellip;]</p>

काठमाडौं । झापाको कनकाई नगरपालिकाका मेयरले ३ वर्षसम्म पाएको पारिश्रमिक १० लाख रुपैयाँ रकम अक्सिजन प्लान्ट जडानको लागि सहयोग गरेका छन् । नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएपछि नगरमा सञ्चालित उनले पहिलो वर्षको पारिश्रमिक पनि मजदुर कोषमा जम्मा गरेका थिए । पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्ताबापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेको थिए ।
नगरपालिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेको पोखरेल बताउँछन् । नगरपालिकामा कोरोनाको प्रभाव परेसँगै विभिन्न सचेतनाका कार्यक्रमहरू गर्दै आएको छ । कोरोना महामारीको रोकथाम नियन्त्रण गर्नको लागि पालिकाले चाडौ पूर्व तयारी गएको पनि पोखरेल जानकारी दिए ।

पोखरेलका अनुसार पालिकामा गत वर्ष ६ जनाको मृत्यू भएको यो वर्षको २ महिना भित्र ७ जनामा मानिसको कोभिडको कारण ज्यान गइसकेको छ ।

कोरोना संक्रमितहरूको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइएको उनले बताए । पाकिामा ३० बेडको कोभिड अस्पताल निर्माण गरेको पनि उनले जनाए । नगरमा ३० ओटा अक्सिजन सिलिन्डर रहेको छ । कोभिडको बिरामीहरु पालिकाम कम भई छिमेकी पालिका बाह्रबिसे गाउँपालिकाको बिरामीलाई पनि नगरले सेवा दिँदै आएको छ ।

नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गर्दै आए पनि उनले बताए ।

नगरमामा २ ओटा एम्बुलेन्स सेवा पनि रहेको छ । होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुरर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन भइरहेको उनको भनाई छ ।

होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट उपलब्ध गराउँदै आएको उनले बताए । नगरले कोभिड अस्पतालमा बसेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ । स्वास्थ्यकर्मी टिम गठन गरी घर–घरमा पुगी पीसीआर परीक्षण गर्दै आएको पनि उनले बताए ।

Share News