काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोडन ३ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् ।
उनले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै ६ सय १६ किलोमिटर सडको प्राराम्भ गर्नको लागि उक्त बजेट छुटाएकाे बताए ।
उनले संघ प्रदेश र स्थानीय तहका संयुक्त लगानीमा आगामी ३ वर्ष भित्रमा सम्बन्धित प्रदेश केन्द्रबाट नजिकको राजमार्गसम्म पक्कि सडकले जोडिने बताएका छन् ।
प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।