काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले सबै सरकारी अस्पतालमा पत्रकारहरुलाई उपचार नि:शुल्क गरिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
यससँगै पत्रकार महासंघका सदस्य रहेका सबै पत्रकारले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् ।