काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी २ वर्षमा सबै सामुदायिक विद्यालयमा नि:शुल्क ब्राेडब्याण्ड इन्टरनेट जडान गरिने बताएका छन् ।
शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
पाैडेलले यस अन्तर्गत १ वर्षभित्र ६० प्रतिशतमा यसकाे पहुँच पुराउने बताएका हुन् ।