काठमाडौं । सरकारले कोभिड विरुद्धको खोप खरिद गर्नका लागि २५ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यस्तै, सरकारले कोभिड उपचार तथा परीक्षणको लागि ३७ अर्ब र औषधि खरिद गर्नको लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।