पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज जसरी पनि दिन्छौं: प्रधानमन्त्री

<p>काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए । नेपालमा अनुदानमा ३२ लाख २८ [&hellip;]</p>

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए ।

नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए ।

यस्तै उनले कोरोना संक्रमणलाई मध्यनजर गर्दै उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै आक्रमणमा संलग्नलाई कारवाही गरिने बताए ।

Share News