स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा डा. कृष्ण पाैडेल नियुक्त

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्तामा डा. कृष्ण पाैडेल नियुक्त भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख समेत रहेका डा. पौडेललाई शुक्रबारबाट मन्त्रालयको प्रवक्ता जिम्मेवारी पनि दिइएको हो । यसअघि मन्त्रालयका प्रवक्ता रहेका प्राडा. जागेश्वर गौतम जेठ १० गते कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्तामा डा. कृष्ण पाैडेल नियुक्त भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख समेत रहेका डा. पौडेललाई शुक्रबारबाट मन्त्रालयको प्रवक्ता जिम्मेवारी पनि दिइएको हो ।

यसअघि मन्त्रालयका प्रवक्ता रहेका प्राडा. जागेश्वर गौतम जेठ १० गते कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी रिक्त थियो ।

Share News