बिध प्रयोगशालाले २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई दिने

<p>काठमाडौं । कोरोना सङक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगरपालिका र बिध प्रयोगशाला बीच समझदारी भएको छ । समझदारीअनुसार युएनपार्कमा रहेको प्रयोगशालाले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ । प्रयोगशालाले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौं उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । कोरोना सङक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगरपालिका र बिध प्रयोगशाला बीच समझदारी भएको छ । समझदारीअनुसार युएनपार्कमा रहेको प्रयोगशालाले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ ।

प्रयोगशालाले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौं उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने छ ।

सङक्रमण बढेर भविष्यमा अन्य अक्सिजनसहितको सिलिण्डर आवश्यक परेमा प्रयोगशालाले महानगरलाई सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको छ । कोभिड-१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी प्रयोगशालाले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ ।

समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र प्रयोगशालाको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले हस्ताक्षर गरेका छन् । महानगर क्षेत्रभित्र होम आइसोलेनशमा रहेको सङ्क्रमितलाई प्रयोगशालाले स्वास्थ्य सेवा पुर्याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

दोस्रो भेरियन्टको सङक्रमितको सङ्ख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो । उक्त प्रयोगशालाले छिट्टै काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताए । रासस

Share News