काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म चार लाख १८ हजार ८२९ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० हजार ९९२ जनाको नमुना परीक्षण गर्दा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । यो सगैँ हालसम्म ५ लाख ४२ हजार २५६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थप १०६ जनाको मृत्यु भएसँगैं देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।