सिंगापुरबाट आईपुगेको २५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण

<p>काठमाडौं । सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान काठमाडौं आईपुगेको छ । देशमा फैलिएको कोभिड-१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट गत जेठ ८ गते सो मात्राको स्वास्थ्य सामाग्री ल्याईएकाे  हो । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली [&hellip;]</p>

काठमाडौं । सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान काठमाडौं आईपुगेको छ । देशमा फैलिएको कोभिड-१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट गत जेठ ८ गते सो मात्राको स्वास्थ्य सामाग्री ल्याईएकाे  हो ।

तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको छ ।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज एक समारोहमा हस्तान्तरण गरेका हुन् ।

यसमा १ लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, (ए स्टार), ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ मागेस३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन्-इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।

तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, “कोभिड-१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।”

सिंगापुर स्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड-१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।

“अहिलेको कठीन घडिमा सिंगापुरको तामासेक फाउण्डेशन, लोटस लाइफ फाउण्डेशन तथा गोर्खा ब्रुअरीबाट प्राप्त यो सहयोगको लागि सर्वप्रथम त म धेरै आभार व्यक्त गर्दछु । प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड-१९ को उपचारमा तीव्रता ल्याउने कुरामा विश्वस्त गर्न चाहन्छु । कोभिड-१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा बु्रअरीबाट आउँदो दिनहरुमा पनि यस्तै सहयोगको आशा गरिन्छ ।”, मन्त्री त्रिपाठीले आफ्नो टिप्पणीमा भने ।

उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा बु्रअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड-१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यस्त गरे । नेपाल सरकारबाट उक्त सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि व्यक्त गरे । गोर्खा ब्रुअरीबाट यस अघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरुमा निरन्तर रुपमा विभिन्न सहयोग गर्दै आएको छ । २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो ।

लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेशन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्य-सेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ भन्ने आशा गरेका छन्, जसले नेपालमा ६००० भन्दा बढीको ज्यान लिइसकेको दावी छ ।

Share News