केन्द्र र प्रदेशले सहयोग नगर्दा कोरोना नियन्त्रण गर्न गाह्रो भयोः उप–प्रमुख मगरसँगकाे कुराकानी

<p>विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण नेपालगञ्ज उप–महानगरपालिका सङ्कटलाई परास्त गर्न लागि परेको छ । खुल्ला सिमाना भएको कारण उप–महानगरपालिकामा कोरोनाको संक्रमण दर उच्च छ भने मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दैछ । नेपालगन्ज उप–महानगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि कसरी प्रयास गरी रहेको छ, अस्पतालमा अक्सिजन अभाव हुन नदिन उप–महानगरपालिकाले कसरी काम [&hellip;]</p>

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण नेपालगञ्ज उप–महानगरपालिका सङ्कटलाई परास्त गर्न लागि परेको छ । खुल्ला सिमाना भएको कारण उप–महानगरपालिकामा कोरोनाको संक्रमण दर उच्च छ भने मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दैछ । नेपालगन्ज उप–महानगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि कसरी प्रयास गरी रहेको छ, अस्पतालमा अक्सिजन अभाव हुन नदिन उप–महानगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयमा सो उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी ।


उप–महानगरपालिकामा कोरोनाको संक्रमण दिन प्रति बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनु हुन्छ ?

उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरका छौं । संक्रमण पालिकामा पनि दिन प्रतिदिन बढ्दै गएको छ । पालिकाका धेरै भन्दा धेरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य बुझनको लागि स्वास्थ्यकर्मी सहित घरदैलो कार्यक्रम पनि गरेका छौं ।

उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइरको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी परीक्षण गरिने भएको हो । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि हामीले जोड दिइरहेका छौं । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण पनि गरिका छौं । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउँदै आएका छौं ।

कोरोना रोकथाम र नियन्त्रणका लागी वडा कार्यालयहरूको सक्रियता बढेको छ । बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा यसलाई सहजिकराण पनि गर्दै आएका छौं । बन्दाबन्दीले बजारमा कालो बजारी नहोस् महङगाइ नबढेस् भनेर दैनिक अनुगमनको कामलाई पनि तीव्रता दिएका छौं । बजार अनुगमन कार्यलाई निषेधाज्ञाको समयमा पनि निरन्तरता दिइने योजना बनाएका छौं । उप–महानगरपालिकाले हाल वडा नं. १६ मा ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा बेड नपाउन जुन खालको भयाबय स्थिति छ तयसलाई सहजीकरण गर्नको लागि निःशुल्क अक्सिजन आइसोलेसन भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । भेरी अस्पतालको स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगारनिरमा यो आइसोलेसन कक्षको सञ्चालन भइरहेको छ । यो आइसोलेसनमा स्वास्थ्यकर्मीहरूलाई ३ चरणमा विभाजन गरी यस ठाउँमा औषधीहरूको पनि सञ्चालन गरेको छौं ।

केही जनप्रतिनिधि र कर्मचारीको कोभिडकै कारण निधन भएको छ । धेरै जना संक्रमित भएपनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरू भइरहेका छन् । उप–महानगरपालिकासँग नगरका वडाहरूमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । चिकित्सकसहितको घरदैलो कार्यक्रम गरी निःशुल्क औषधी, एकसरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर, हाईजिन किट वितरणका कार्यक्रम जारी रहेका छन् । नगरभित्र निःशुल्क पीसीआर परीक्षण तथा एन्टिजिन परीक्षण गरिरहेको छ ।

नगरवासीको लागि उप–महानगरपालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन ?

हामीले सामान्य राहतको कार्यक्रम पनि ल्याएका छौं । नगरभित्र रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूमा निषेधाज्ञाले पारेको प्रभाव र महामारीले परेको असरलाई सहजिकरण गर्न ६ वटा कार्यदल बनाएर कार्य विभाजन गरिएको छ । ६ वटामा कार्यदलले श्रमजीवी वर्गहरूलाई आवश्यक पर्ने सामनहरुको सहजिकरण गर्दै आएका छन् भने निःशुल्क कानुनी सेवा, उद्धार तथा पुनरस्थापना, राहत–सहयोग, सूचना सङ्कलन, अनुगमन निरीक्षण तथा पिसिआर परीक्षणमा सहयोगका लागि कार्यदल बनाइएको छ ।

कसैलाई राहत चाहियो भने राहत पनि दिन्छौं । राहत वितरण गर्दा धेरै मानिसहरूको भिडभाड हुने भएकाले जोखिम बढ्ने सम्भावना बढ्ने भएकाले समस्या पनि सिर्जना हुने गरेको छ । यस समयमा कुनै घटना, बालविवाह, महिला हिंसा हुन्छ सक्छ भनेर यसलाई सम्बोधन गर्न लागेको भनेर निःशुल्क कानुनी साहयता र साथी संस्थासँग सहकार्य गरेर ५ बेडको छुट्टै आइसोलेसन कक्षा पनि सञ्चालन गरेका छौं । यसैगरी कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरी उनीहरूसहित समग्र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ ।

उप–महानगरपालिको अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन ? 

कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य जनशक्ति अभावको अवस्थालाई मध्यनजर गर्दै उप–महानगरपालिकामा ५४ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरिएको छ । ती मध्ये १५ जना भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । अन्यलाई जमुनास्थित हेल्थडेस्क, आइसोलेसन र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरिएको छ । भेरी अस्पतालमा कोभिडका बिरामीको चापलाई मध्यनजर गर्दै भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा रहने गरी रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालन गरिएको छ ।

उप–महानगरपालिको २३ वटै वडामा स्वास्थ्य संस्था रहेका छन् । कोभिड रोकथाम र नियन्त्रणका लागी वडामा फोकल पर्सन चयन गरिएको छ । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । संक्रमितको स्वास्थ्य समस्या बारेमा थप परामर्शका लागि नेपाल चिकित्सक सङ्घ नेपालगन्जको सहकार्यमा हरेक वडामा चिकित्सकले आवश्यक सहयोग गर्दै आएका छौं । नगरभित्र कुनै पनि स्वास्थ्य समस्या समाधान र आवश्यक सुझाव तथा परामर्शका लागि चिकित्सक सहित विज्ञ समूहको गठन गरिएको छ । भेरी अस्पतालमा उपचाररत कोभिड संक्रमणका बिरामी र उनीहरूका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई सहुलियतदरमा खाना खुवाउन व्यवस्था मिलाएका छौं । भेरी अस्पताल भित्रै २० रुपैयाँमा साँझ र बिहान गरी २ पटक खान खुवाउने अभियान पनि सञ्चालन भएको छ । यस ठाउँमा दैनिक ४ सय जनाले खाना खादै आएका छन् । कोभिडका बिरामीहरूलाई अस्पतालसम्म ल्याउन सहजताका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको छ ।

अक्सिजनको अभाव छ कि छैन ?

नेपालगन्जमा २ वटा अक्सिजन प्लान्ट छ । यो २ वटा अक्सिजन प्लान्टले दिनमा ११ सय २० ओटा अक्सिजनको उत्पादन गर्न सक्छ । हामीले सुरु देखिनै अस्पताल भित्रनै प्लान्टको जडान गर्नु पर्छ भनेर भन्दै आएको विषय पनि हो । नेपाल सरकारले प्लान्ट जडान र भोन्टिलेटर जडान गर्ने भनेर १५ करोड रुपैयाँ भेरी अस्पताललाई पठाएको छ । यो रकमलाई तत्कालै कार्यान्वयन गर्नु प¥यो भनेर लागि परेका छौं । हाम्रो प्राथमिकता सकेसम्म सरकारी अस्पतालमा अक्सिजनको व्यवस्था हुर्नुपर्छ भन्ने हो । अस्पतालमा आएका समस्याहरूलाई न्यूनिकरण गर्नमा लागि परका छौं । पालिका भित्र रहेका प्लान्टहरू २४ औ घण्टा सञ्चालन भइरहेको छ । पालिकामा हाल पनि अक्सिजना र सिलिन्डरको अभाव रहेको छ । अस्पतालको क्षमता भन्दा बढि सेवा दिनु पर्ने अवस्था छ । त्यसैले गर्दे अझै पनि अक्सिजनको परिपूर्ति गर्न सकिरहेको अवस्था छैन । भेरी अस्पतालको क्षमता भनेको १ सय ४० बेड हो तर यो अस्पतालले आजको दिनमा २ सय ४९ जनालाई सेवा दिइरहनु परेको छ । भेरी अस्पतालले ३ सय १९ जनालाईसम्म सेवा दिएको रेकड छ । अक्सिजना अभावकै कारण धेरै नागरिक ज्यान पनि गुमाएका छन् । यसलाई सहजिकरण गर्नका लागि भेरी अस्पतालमा नै अक्सिजन प्लानको जडान गर्नु पर्ने आवश्यक रहेको छ । अक्सिजनकै अभावका कारण भरी अस्पतालमा भोन्टिलेटर चलाउन सकेका छैनौं ।

भारतसँग सीमाना जोडिएको तपाईंको उप–महानगरपालिका भारतबाट आउने नागरिकहरूको चाप कस्तो छ र उनीहरूलाई स्वास्थ्य चेक जाँच कसरी गरिरहनु भएको छ ?

हाम्रो उप–महानगरपालिका भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागि परेका छौं । भारतबाट फर्किने नेपाली नागरिकको संख्या बढ्दो छ । भारतबाट फर्किनेहरूको सीमानाकामा एन्टिजिन परीक्षणमा पनि गर्दै आएका छौं । एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखियो भने उप–महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं । एन्टिजिन परीक्षण गर्दा नेगेटिभ आयो भने बस व्यवसाही समितिसँगको सहकार्यमा उनिहरुलाई स्थानसम्म पुर्याउन व्यवस्था मिलाएका छौं । बीसीसीयमसी को समन्वयमा होल्ड सेन्टर पनि बनाएका छौं भने उनिहरुलाई त्यहाँ खानाको पनि व्यवस्थापन गरेको छौं । त्यहाँबाट बसको व्यवस्थापन गरी घर पठाउँने वातावरको सिर्जना गरेका छौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरूको सहजताका लागि होलिडङ सेन्टर सञ्चालन गरिएको छ । सीमानाका आलसम्म पनि बन्न हुन सकेको छैन । सीमानाका बन्दनभएको कारण पालिकामा संक्रमण दर र मृत्युदर उच्च भयो ।

आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन्, नागरिकहरूबाट के कस्तो सहयोग मिलेको छ ?

पहिलाको तुलनाको हाल निषेधाज्ञा पुर्ण रूपमा जनताको सहयोग छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या परेको छ । अहिलेको स्थितिमा सरकारलाई पुर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेको छन् । मझदुर र अटोरिक्सा चालको धेरै समस्या देखिन्छ । उनीहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । ज्याला मजदुरी गर्नलाई हामीले केही राहत वितरण गर्दै आएका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ?

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग गरेको छैन । यो भन्दा अगाडि पूर्वस्वकृती बजेटमा ५० लाख रुपैयाँ बराबरको बजेट बेड र भवन बनाउने र २७ लाख रुपैयाँको कर्मचारी व्यवस्थापन गर्न भनेर पूवस्वकृती रकम थियो । त्यही बजेट केन्द्र सरकारको सञ्चालनमा छ अहिले । प्रदेश र केन्द्रले हालसम्म कुनै पनि नगद सहयोग गरेको छैन । हामी पटकपटक आर्थिक सहयोगको लागि अपील गरेका छौं । समयमा प्रदेश सरकारले रकम नदिए पनि भेरी अस्पताललाई केही रकम छुट्याएको छ त्यो चाहिँ राम्रो पक्ष हो । यो जोखिम आउन सक्छ भनेर पालिकाले नै धेरै बजेट छुट्याएको थियो र बजेटको अभाव हुन पाएन । प्रदेश र केन्द्रले गर्ने काम पनि हाल हामीले नै गरिरहेका छौं । भेरी अस्पतालमा उपचारको लागि कर्णाली प्रदेश, सुदूरपश्मि प्रदेश, दाङ, प्युठानबाट पनि बिरामीहरू आउने गरेका छन् ।

कोरोना महामारीले उप–महानगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?

कोरोना महामारीले उप–महानगरपालिकाको सम्पुर्ण कामकाजमा ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू पनि सबै प्रभावित बनेका छन् । हामी चौमासिक बजेट खर्चको खाका तयार गरी योजना बनाएका हुन्छौं । हरेक शाखाले चौमासिक बजेट खर्च गर्ने आर्थिक वर्षको पहिलो महिनामै बनाएको हुन्छ । करिब करिब ३ चौथाइ विकासका योजनाहरूको काम भइसकेको छ । १ चौथाइ काम बाँकी छ । टेन्डरका र ठूवानि सेवाको कुरामा समस्या हुदो रहेछ । साना साना तलिमका कामहरू रोकिएका छन् ।

स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्ने लाग्दै आएको छ यसमा तपाईंको धारणा के छ ?

केही हदसम्म यो सही पनि हो । तर पूर्ण रूपमा यो निर्माणाय गर्नमा स्थानीय सरकार पनि होइन । एक त सीमानाका हाम्रो अधिकारमा पर्दैन भने यो केन्द्र र प्रदेशको अधिकारमा हो । हामीले पालिकामा कोरोना संक्रमण फैलिएपछि सिमानाका बन्द गराौं भनेका थियौं । यूपीसँग हाम्रो नजिकै पालिका पर्छ । भारतसँग हरेक कुराको सम्बन्ध गाँसिएको कारण नागरिकको आवतजावत पनि बढी हुने गर्छ । यो सिमाना बन्द गरेन भने यो महामारीलाई हामी रोक्न सक्दैनौं भनेकै थियौं । एक हप्ताको लागि सिमानाका बन्द गरौं भनेर पनि हामीले सरकारलाई भनेका थियौं । आजका दिनमा पनि सिमानाका बन्द हुन सकेको छैन । भारतसँग खुल्ला सिमाना भएको कारण नै हामील उप–महानगरपालिकामा कोरोना नियन्त्रण गर्न सकेनौं । पलिकाबाट खुल्ला सिमाना ८० मिटर भन्दा बढि छ । हामीले सिमानाकामा कडाइ गर्न नसक्नु नै ठुलो समस्या हो । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । धेरै नागरिकहरू भारत बाट नै आएर बिरामी परेका छन् । खुल्ला सीमाना हाम्रो ठूलो चुनाैती हो ।

Share News