काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १९ हजार ८९६ जनाको नमुना परीक्षण गर्दा ७९१४ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा मात्र आज २८२१ जनामा संक्रमण पुष्टि भएकाे छ । यो सगैँ नेपालमा हालसम्म ५ लाख १३ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थप १९३ जनाको मृत्यु भएको छ । याेसँगैं नेपालमा काेराेना संक्रमणकाे कारण मृत्यु हुनेकाे संख्या ६ हजार ३४६ पुगेको छ ।