विदेशबाट एउटा खाली सिलिण्डर ल्याउँदा ५०औं हजार मूल्य पर्योः प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट एउटा सिलिण्डर आयात गर्दा ५०औं हजार रुपैयाँ मूल्य परेको बताएका छन् । आइतबार बालुवाटारमा पत्रकारहरूसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले जहाज चार्टर्ड गरेर खालि सिलिण्डर ल्याउँदा ५०औं हजार रुपैयाँ मूल्य परेको धारणा राखे । उनले सरकार कोरोना भाइरसको न्यूनिकरणमा लागि परेको बताए । ‘अहिले सिलिण्डरकाे समस्या छैन, अक्सिजनको अभाव [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट एउटा सिलिण्डर आयात गर्दा ५०औं हजार रुपैयाँ मूल्य परेको बताएका छन् ।

आइतबार बालुवाटारमा पत्रकारहरूसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले जहाज चार्टर्ड गरेर खालि सिलिण्डर ल्याउँदा ५०औं हजार रुपैयाँ मूल्य परेको धारणा राखे ।

उनले सरकार कोरोना भाइरसको न्यूनिकरणमा लागि परेको बताए । ‘अहिले सिलिण्डरकाे समस्या छैन, अक्सिजनको अभाव पनि लगभग सकिएको छ, भेण्टिलेटरको समस्या पनि छैन,’ उनले भने ।

उनले अहिले कोरोना भाइरसको संक्रमण कम हुँदै गएको बताए । यस्तै उनले केही त मिसन पत्रकारिता वालाले सरकारकाे काम नदेखेकाे धारणा राखेका छन् ।  ‘उपलब्धि देख्दै नदेख्ने, कमजोरी छैन भने बनावटी कुरा बनाउने, मार्मिक कथा बनाउने, मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने,’ उनले भने ।

Share News