रोकिएको सगरमाथा आरोहण पुन: सुरु, १५० भन्दा बढी आरोही चुचुरोमा

<p>काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । गत सातादेखि रोकिएको आरोहण मौसममा सुधार भएसगैँ शनिबारबाट सुरु भएको हो । पुनः आरोहण सुरु भएसगैँ १५० भन्दा धेरै आरोही चुचुरोमा पुगेको पर्यटन विभागबाट आरोहणका लागि आधार शिविरमा खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आरोहणका लागि शनिबार राति नै [&hellip;]</p>

काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । गत सातादेखि रोकिएको आरोहण मौसममा सुधार भएसगैँ शनिबारबाट सुरु भएको हो ।

पुनः आरोहण सुरु भएसगैँ १५० भन्दा धेरै आरोही चुचुरोमा पुगेको पर्यटन विभागबाट आरोहणका लागि आधार शिविरमा खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आरोहणका लागि शनिबार राति नै आरोहीहरु चुचुरोतर्फ लागेका थिए । शनिबार आरोहण गरेर आईतबार बिहान चुचुरोमा पुगेका आरोहीहरु फर्किएगैँ अन्य आरोहीहरु चुचुरोमा जानेछन् । आईतबार आरोहण गर्न मौसमले साथ दिएको छ ।

मौसमविदहरुका अनुसार एक सातापछि आईतबार खुलेको मौसम अब २८/२९ तारिखमा मात्र अनुकुल हुनेछ ।

कोभिड–१९ को दोस्रो लहरको जोखिमका बीच २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमालहरूको आरोहण भइरहेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि ४३ समूहका ४ सय ८ जना आरोहीले अनुमति लिएका छन् ।

विभागले चालू सिजनमा १६ वटा हिमाल आरोहणका लागि ८५ आरोहण दलका ७ सय ४२ आरोहीलाई अनुमित दिएको छ । जसमध्येमा सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएका थिए ।

यस सिजनमा विभागले आरोहणबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्वं संकलन गरेको छ ।

यस वर्ष बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरिसकेका छन् ।

बहराइनको राजपरिवारका सदस्यसहितको टोली वैशाख २७ गते सगरमाथाको चुचुरोमा पुगेको थियो । यस वर्ष नै १३ मे १९९४ मा पहिलोपटक सगरमाथा चुचुरो चुमेका कामिरिताले २५औँ पटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड कायम गरिसकेका छन् ।

गत वैशाख २४ गते कामीरिता शेर्पासगैँ १२ जनाको आइसफल डाक्टरसहितको टोलीले रोप फिक्सीङ गरेसगैँ सगरमाथा आरोहण सुरु भएको हो । रोप फिक्सीङ सगैँ गत बैशाख २४ गतेदेखि ३० गतेसम्म १ सय ५० जना आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् ।

Share News