काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार ८४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ८३ हजार ६८४ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० हजार १०५ जनाको नमुना परीक्षण गर्दा ८९८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगैँ हालसम्म ५ लाख ५ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ नाघेका छन् भने मृतकको संख्या ६ हजार १५३ पुगेको छ । आज थप १२९ जनाको मृत्यु भएको छ ।