थप ७ हजार ८९० जना संक्रमणमुक्त

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ८९० जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ७४ हजार ८३६ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यो [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ८९० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ७४ हजार ८३६ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यो सगैँ हालसम्म ४ लाख ९७ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ । शुक्रबार थप १७७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जनामा संक्रमण पुष्टि भएको हो ।

Share News