हाल कुनै पनि औषधिको अभाव नभएकाे औषधि उत्पादक संघकाे स्पष्टिकरण, कुनको मौज्दात कति ?

<p>काठमाडाैं । नेपाल औषधि उत्पादक संघले हाल कुनै पनि औषधिको अभाव नभएको बताएकाे छ । नेपालमा बन्ने प्यारासिटामोल लगायतका उत्पादनहरु बजारमा अभाव भएको भन्ने विषयमा शुक्रबार एक विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदै संघले साे बताएकाे हाे । नेपालमा औषधि उत्पादन गर्ने सम्पूर्ण औषधि उद्याेगहरुको एक मात्र छाता संगठन नेपाल औषधि उत्पादक संघले हाल प्रयाेग हुने सबै औषधिकाे प्रशस्त मौज्दात रहेकाे जानकारी गराएकाे [&hellip;]</p>

काठमाडाैं । नेपाल औषधि उत्पादक संघले हाल कुनै पनि औषधिको अभाव नभएको बताएकाे छ । नेपालमा बन्ने प्यारासिटामोल लगायतका उत्पादनहरु बजारमा अभाव भएको भन्ने विषयमा शुक्रबार एक विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदै संघले साे बताएकाे हाे ।

नेपालमा औषधि उत्पादन गर्ने सम्पूर्ण औषधि उद्याेगहरुको एक मात्र छाता संगठन नेपाल औषधि उत्पादक संघले हाल प्रयाेग हुने सबै औषधिकाे प्रशस्त मौज्दात रहेकाे जानकारी गराएकाे छ ।

‘कोभिड १९ को उपचारमा अत्याधिक प्रयोग हुने औषधिको बजारमा सामान्य भन्दा धेरै गुणा माग भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केहि दिनदेखि समयमा औषधि सम्बन्धित स्थानमा पुर्याउन केहि ढिला भएको हो । हामीसँग औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको होइन । केहि देशमा स्थापित सबल उद्याेग मध्यको औषधि उद्याेगको मानमर्दन गरि आयातलाई प्रोत्साहन गर्ने मनसाय भएका व्यक्तिहरुबाट चलाइएका यस्ता हल्लाको पछि नलाग्न सम्पूर्ण जनमानस, व्यवसायी तथा नेपाल सरकार लगायत सबैमा यसै विज्ञप्ती मार्फत अनुरोध पनि गर्दछौं । यस संकटपूर्ण घडिमा हामी सम्पुर्ण उद्याेगहरु देशमा कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने र नहुने कुराको यसै विज्ञप्ती मार्फत सबैलाई प्रतिवद्धता ब्यक्त गर्दछौं ।’, संघले जनाएकाे छ ।

नाकाबन्दी, भुकम्प लगायत अघिल्लो वर्षको कोभिड १९को संकटग्रस्त समयमा भारतले औषधि लगायत औषधिको कच्चापदार्थमा समेत प्रतिवन्ध लगाउदा साथै कच्चापदार्थको मुल्यमा तिन गुणा वृद्धि हुँदा पनि १५ वर्षदेखि २०६४ साल असोज १० गते तोकेको मुल्यमा नै उपलब्ध गराई कुनै पनि औषधि अभाव हुन नदिएको समेत संघले जानकारी गराएकाे छ ।

कोभिड १९ मा अत्याधिक प्रयोग हुने औषधिहरुको मौज्दातको विवरण

गत जेठ ६ गते यस औषधि उत्पादक संघले दिएकाे मौज्दातको विवरणकाे आधार हेर्दा हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको प्रष्ट रहेकाे छ ।  यस परिस्थितिमा औषधि उत्पादकहरु नेपाल सरकार, औषधि व्यवस्था विभाग, आयातकर्ता, थोक, खुद्रा सबैको सहकार्यमा कुनैपनि औषधिको अभाव हुन नदिने संघले प्रतिवद्धता जनाएकाे छ ।

Share News