उद्योगी व्यवसायीलाई पुनरकर्जा र व्याज छुटको सुविधा दिन काँग्रेसको माग

<p>काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुनर्कर्जा सुविधा र ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले बिहीबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो माग राखेका हुन् । यस्तै, कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न स्वास्थ्य सामग्री, पीसीआर परीक्षण लगायतको विशेष व्यवस्था गर्न [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुनर्कर्जा सुविधा र ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
काँग्रेस सभापति शेर बहादुर देउवाले बिहीबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो माग राखेका हुन् ।

यस्तै, कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न स्वास्थ्य सामग्री, पीसीआर परीक्षण लगायतको विशेष व्यवस्था गर्न कांग्रेसले विभिन्न सुझाव दिएको छ ।

महामारी फैलिनुको कारण, रोकथाम तथा उपचारबारे सुझाव दिएको कांग्रेसले सरकारबाट भएको भ्रष्टाचारबारे पनि प्रश्न उठाएको छ । पहिलो चरणको महामारीमा देखिएको अनियमितता, भ्रष्टाचारबारे छानविन गरिनुपर्ने लगायतका १५ बुँदे माग राखेको छ ।

Share News