काेराना संक्रमित विपन्न नागरिककाे यी ३० अस्पतालमा नि:शुल्क उपचार हुने

<p>काठमाडाैं । काेराेना संक्रमित विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० अस्पताल ताेकेकाे छ । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै काेराेना संक्रमित विपन्न नागरिककाे लागि नि:शुल्क उपचार हुने अस्पतालकाे विवरण सार्वजनिक गरेकाे हाे । मन्त्रालयकाे अनुसार यि ३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरिसकेकाे छ । सार्वजनिक [&hellip;]</p>

फाइल फाेटाे

काठमाडाैं । काेराेना संक्रमित विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० अस्पताल ताेकेकाे छ । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै काेराेना संक्रमित विपन्न नागरिककाे लागि नि:शुल्क उपचार हुने अस्पतालकाे विवरण सार्वजनिक गरेकाे हाे ।

मन्त्रालयकाे अनुसार यि ३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरिसकेकाे छ ।

सार्वजनिक विवरण अनुसार निशुल्क उपचार हुने अस्पतालमा प्रदेश १ बाट नाेबल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेकाे छ भने प्रदेश २ बाट नेशनल मेडिकल कलेज विरगंज र जानकी मेडिकल कलेज रहेकाे छ ।

यस्तै निशुल्क उपचार हुनेमा वाग्मती प्रदेशका १७ अस्पताल, गण्डकी र लुम्बिनी प्रदेशकाे २-२ वटा अस्पताल र सुदुरपश्चिमकाे ६ वटा अस्पताल रहेका छन् ।

मन्त्रालयले थप अस्पतालहरुलाई यसमा सामेल गराउँदै लैजाने बताएकाे छ ।

No photo description available.

Share News