काेभिड-१९ विरुद्ध खाेप लगाउनलाई फारम भर्नुपर्ने, यस्ताे छ प्रक्रिया

<p>काठमाडौं । सरकारले काेभिड-१९ विरुद्धकाे  खोप लगाउने इच्छा भएकाहरुकाे लागि प्रि-रजिष्ट्रेसन फारम सार्वजनिक गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ विरुद्ध काेखाेप नलगाएका र लगाउने इच्छा भएका १८ वर्षभन्दा माथिको उमेर समुहका लागि स्वैच्छिक दर्ता फारम सार्वजनिक गरेको हो । दर्ता फारम भर्नको लागि मन्त्रालय अन्तर्गतकाे व्यवस्थापन महाशाखाले साइट र एप नै बनाएको छ । १८ वर्षभन्दा [&hellip;]</p>

काठमाडौं । सरकारले काेभिड-१९ विरुद्धकाे  खोप लगाउने इच्छा भएकाहरुकाे लागि प्रि-रजिष्ट्रेसन फारम सार्वजनिक गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ विरुद्ध काेखाेप नलगाएका र लगाउने इच्छा भएका १८ वर्षभन्दा माथिको उमेर समुहका लागि स्वैच्छिक दर्ता फारम सार्वजनिक गरेको हो ।

दर्ता फारम भर्नको लागि मन्त्रालय अन्तर्गतकाे व्यवस्थापन महाशाखाले साइट र एप नै बनाएको छ । १८ वर्षभन्दा माथिको उमेरका जाेकोहिले पनि खोप लगाउन इच्छा भएमा साइट वा एप मार्फत फारम भरी दर्ता गर्न सक्नेछन् ।

मन्त्रालयको अनुसार यो दर्ता फारमबाट प्राप्त विवरणले खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापनको लागि सहज बनाउनेछ ।

यद्यपी यस फारम भरेको बित्तिकै खोप लगाउने सुनिश्चितता नहुने मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।

फारम भर्न चाहानेहरुले http://www.vaccine.mohp.gov.np मा गएर प्रि-रजिष्ट्रेसन फारम भर्न सक्नेछन् ।

Share News